काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बैठक तय भएको संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धीको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।