रामेछापस्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार

रामेछाप । रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ । यस्तै, सोमबार रातिदेखि कास्कीको घलेखर्क वर्षा मापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । 

घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *