काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा पाँच दिने जापान भ्रमणमा जान लाग्नु भएको छ ।
त्यसका लागि अध्यक्ष साउन २१ गते जापान हिँड्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । ‘पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षको हैसियतमा निमन्त्रणा आएको छ । त्यहाँ तय भएको कार्यक्रममा सहभागी हुन अध्यक्ष त्यसतर्फ जान लाग्नुभएको हो’, स्वकीय सचिव मल्लको भनाइ छ ।
अध्यक्षको टोलीमा कोको सहभागी हुने भन्ने निश्चित नभएको मल्लले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गर्नुभएको थियो ।