काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण मंगलवार २ जनाको निधन भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ६३८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । कूल ५ हजार ५५ नमूना परीक्षण गर्दा ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार २ सय १३ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० नमूना एण्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ ।
संक्रिय संक्रमितमध्ये ३ हजार ५ सय ८१ जना होम आइसोलसनमा, १३३ जना संस्थागत आइसोलेसन, ३० जना आईसीयू र १ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । त्यसैगरी विगत २४ घण्टामा २ सय १८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।