काठमाडौं। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बुधबार बिहान साढे ५ बजे यात्रुवहाक बस दुर्घटना हुँदा ३३ जना यात्रु घाइते छन्।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई पल्टिएको थियो। बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ३३ जना यात्रु घाइते छन्। आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये केहीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । ८ जना घाइतेलाई भने चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ।