आईसीसीद्वारा क्यानका अध्यक्ष चतुर बहादुर चन्द सम्मानित

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ । इंग्ल्यान्डको बर्मिङहममा जारी आईसीसीको वार्षिक साधारण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेबापत सो अवार्ड दिएको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन् ।

आईसीसीको वार्षिक साधारण सभामा नेपालको तर्फबाट मल्ल र चन्दले भाग लिएका छन् । उनीहरू ४ साउनमा त्यसतर्फ प्रस्थान गरेका थिए । आईसीसीले हरेक वर्ष क्रिकेट बोर्डमा रहेर काम गर्ने व्यक्तिलाई सम्मानित गर्ने गर्छ । त्यसैअन्तर्गत आफ्ना १ सय ७ सदस्य राष्ट्रबाट मध्ये विभिन्न सेवामा रहेर काम गरेकोलाई यस अवार्ड दिने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *