फिलिपिन्समा शक्तिशाली भूकम्प 

काठमाडौं। फिलिपिन्सको डोलोरेस नजिक स्थानीय समय अनुसार बुधवार विहान ८ः४३ बजे ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको कडा धक्का राजधानी मनिलामा समेत महसुुस गरिएको फिलिपिन्स न्यूज एजेन्सीले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो । भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको समाचारमा जनाइएको छ । यस्तै भूकम्पपछि अहिले परकम्पनहरु जाने क्रम भने जारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *