काठमाडौं। साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज साँझ ७ बजे भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ। नेपाल च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालले पहिलो खेलमा मालदिम्भसलाई ४-० ले पराजित गरेको थियो। श्रीलंकालाई भने पहिलो खेलमा बाङ्लादेशले १-० ले पराजित गरेको थियो। प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बाङ्लादेश र मालदिभ्स सहभागी छन्। समूहको शीर्षस्थानमा रहेका दुई टोली उपाधिका लागि फाइनल प्रतिस्पर्धा गर्नेछन्।
नेपालले तेस्रो खेलमा आइतबार भारतसँग र चौथो खेलमा मंगलबार बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।