काठमाडौं। सोलुखुम्बुको लुक्ला विमानस्थलमा अफसिजनमा पनि नियमित उडान गर्न वायुसेवा कम्पनी सहमत भएका छन्। यो विमानस्थलमा पर्यटकीय सिजनमा वायुसेवा कम्पनीको चाप हुने र अन्य सिजनमा जहाज नहुँदा समस्या हुने गरेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका र वायुसेवा कम्पनीबीचको छलफलमा सीता र समिट एयरलाई गाउँपालिकाले अफसिजनमा पनि नियमित उडान गर्न अनुरोध गरेको छ । अहिले तारा एयरले भने काठमाडौंबाट लुक्लामा नियमित उडान गर्छ । छलफलका क्रममा समिट एयरले आगामी १ अगष्टदेखि नियमित उडान गर्ने घोषणा गरेको छ । सीता एयरले भने आफ्नो सञ्चालनमा रहेको एक मात्र जहाज पश्चिमबाट झिकाएर चाँडै नियमित उडान गर्ने प्रतिवद्धता व्यक्त गरेको गाउँपालिकाले जनाएको छ ।