फूर्पा तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं। फूर्पा साङ्‍मो तामाङले अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरी विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिट सम्बन्धी मुद्दा दर्ता गराएका छन्। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले कानुन बमोजिम सजायको माग गरेका छन्।

फूर्पाले उजुरीमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले माफी माग्ने सवालमा बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भनेका छन्। यस्तै फिल्म प्राविधिक ठकुरीले मिरूनालाई उक्साउने काम गरेको भन्दै उनीविरूद्ध पनि कारवाही माग गरेका छन्। गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित कबड्डी ४ फिल्मको प्रमोसनमा पुगेकी मिरूनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फूर्पालाई थप्पड हानेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us