काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एशियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार काठमाडौं आइपुगेका हुन् ।
नेपालमा भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतसँग भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी स्टेट पार्टनरसी प्रोग्राम एसपीपी नेपालले अस्वीकार गर्ने निर्णय गरेको सन्दर्भमा छलफल गर्न उनी नेपाल आएको बताइएको छ ।
केही समयपहिले मात्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओले नेपाल भ्रमण गरेका थिए । उनको भ्रमणलगत्तै अमेरिकाको तर्फबाट गरिएको उच्च स्तरीय भ्रमणलाई चासोका साथ हेरिएको छ ।