तस्बिरमा हेर्नुहोस्, बडीमालिकाको सुन्दरता !

काठमाडौं । कर्णाली प्रदेशको कालिकोट जिल्लामा अवस्थित त्रिवेणी पाटन धार्मिक तथा प्राकृतिक पर्यटनका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो। समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा रहेको त्रिवेणी पाटन एक धार्मिक हिसावले पनि महत्त्वपूर्ण मानिन्छ ।

नजिकै देखिने बाजुरा जिल्लामा पर्ने बडिमालिका, सुन्दर हिमाल र मनोरम प्राकृतिक पाटनहरुका दृश्यहरु त्रिवेणी पाटनका गहना हुन । नेपालको पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका हजारौ भक्तजनहरु त्रिवेणी पाटन भएर बडिमालिकाको दर्शन गर्ने गर्दछन ।

कालिकोट र बाजुराको सिमा क्षेत्रमा रहेको बडिमालिका मन्दिरको दर्शन गर्न एक दिन एक रात त्रिवेण धाममा वास वसेर भक्तजनहरु जाने गर्दछन् । त्रिवेणीमा दुइटा खोला छन, गंगा र जमुना । जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

त्रिवेणी पाटनमा देखिने विभिन्न फूलहरु, घोडा, भेडा चर्दै गरेका दृश्यहरु र पुरना गोठहरु, ठूला मैदान,कर्णाली नदी, सान्नी रास्कोट, तिनवटा खोला मिसिएको ठाउँमा रहेको त्रिवेणी धाम यस मंसिर देखि चैत्र फागुन सम्म पाटनको भुँइमा सेतो गलैचा ओछ्याएझैं देखिने सेताम्य हिउँ, यस ठाउँका अलौकिक दृष्यहरु हुन् ।

तस्बिर: हिमालय भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us