सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सहभागी हुने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्ने पक्का भएको हो । प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै, ६ विकेटको मात्र खेल हुनेछ ।

जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरेको छ  । सो प्रतियोगिता अघि द सिक्स्टी प्रतियोगिता हुन लागेको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *