काठमाडौं । नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आज प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्नुभएको हो । गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । बाघको संख्या ३ सय ५५ पुगेसँगै नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प पनि पूरा भएको छ ।
नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्वपूर्ण निर्णय गरेको थियो । नेपालले यो लक्ष्य सन् २०१८को गणनामा झन्डै हासिल गरेको थियो ।
नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन,मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण,बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेको छ । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा,निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जंगल जाने वातावरणा नबनाउनका लागि सरकारले वैकल्पिक उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि आवश्यकता देखिएको छ ।