जनअपेक्षा पूरा हुनेगरि काम गर्न शहरीमन्त्री चौधरीको निर्देशन

झापा । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा नहुँदा जनता निरास भएको बताएका छन् । उनले अब जनतामा आसा जगाउने गरि काम गर्न कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् ।

झापाको भद्रपुरमा रहेको भद्रपुर अस्पतालको निरिक्षण सके लगत्तै सघन सहरी तथा भवन निर्माण आयोजनाको निरिक्षण गर्दै उनले काम समयमा नसकिदा जनतामा निरासा छाएको विचार व्यक्त गरेका छन् ।

मन्त्रालय अन्तर्गत निर्माणाधीन आयोजनाहरुमा ढिलाई भइरहेको जानकारी पाएपछि आफै फिल्डमा खटिएका मन्त्री चौधरीले निर्माण कार्यमा कत्ति पनि ढिलाइ हुन नहुने धारणा राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *