काठमाडौं। सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि बढेको हो।
हिजो तोलामा ९४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।