काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको थियो ।
भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उहाँले बताउनु भएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि बढेको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार प्रचण्डले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवाद सहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।