काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, काठमाडौँ जिल्ला समितिले नवनिर्वाचित जनप्रतिनिधिको सम्मान तथा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर भैमालमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरेको हो । उक्त उक्त शिविरबाट करिब २०० सय व्यक्तिले लाभ लिएको अध्यक्ष राजेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

शिविरबाट धेरैले लाभ लिएको र खुसी व्यक्त गरेको हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने आयोजकले जनाएको छ । साथै शिविरमा बृद्धवृद्धादेखि बालवालिकाकोसम्म उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका र सन सिटी आई केयर सेन्टरले सहयोग पनि पुर्याएको थियो ।