काठमाडौं। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजनामाकार्यशाला गोष्ठी सम्पन्न भएको छ । केन्द्रका निर्देशक डा.संजय कुमार ठाकुरको अध्यक्षतामा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक डा. वियज कुमार झा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका उप सचिव (तथ्यांक)अनिल थापा, तथ्यांक अधिकृत शिवलाल शर्मा र बागमति प्रदेश स्वास्थ्य अपूर्ति केन्द्रका डा. अर्जुन सापकोटा लगाएत विभिन्न प्रदेशका प्रदेश स्वास्थ्य आपूर्ति व्यव्स्थापन केन्द्रका निर्देशक तथा फार्मसी अधिकृत रeLMIS कोर्डिनेटरर केन्द्रकाशाखा अधिकृत सरोज कोइराला, तथ्यांक अधिकृत दीपक दाहाल, नर्सिङ अधिकृत थुमा पुन, जनस्वास्थ्य निरिक्षक शंकर प्रसाद कडेंलस्टोरकिपर सिताराम दाहालतथा अन्य कर्मचारीहरु,कार्यक्रमसंग सम्बन्धित सेभ द चिल्ड्रेन र विश्व स्वास्थ्य संगठनकाकर्मचारी तथाप्रतिनिधि सहितका जिम्मेवार व्यक्तिहरुको सहभागितामा श्रावण ११ र १२ गते सम्पन्न भएको हो ।
मुलुक संघीयतामा गएसंगै हाल केन्द्रबाट प्रदेश स्वास्थय आपूर्ति केन्द्रहरु र त्यहाँबाट प्रदेशका जिल्ला स्थित स्वास्थ्य कार्यालयहरु मार्फत स्थानिय तहमा र स्थानिय तहबाट मातहतका स्वास्थ्य संस्थामा क्षयरोगका औषधि र अन्य सामाग्री आपूर्ति हुने व्यवस्था छ । यहि आपूर्ति श्रृखलालाई थप सुदृढ बनाउन, समस्याको पहिचान तथा विष्लेशण गरि पुनः औषधिको अभाव र म्याद गुज्रिने समस्या हुन नदिन २ दिने गोष्ठीको आयोजना गरि सम्पन्न गरिएको हो ।
केन्द्रका निर्देशक डा संजय कुमार ठाकुर केन्द्रको जिम्मेवारी सम्हाले देखि नै द्रुत गतिमा विभिन्न थप कृयाकलापहरु संचालन गर्दै सक्रियता बढाउँदै लगेका छन् । जसकारण विगत ५ महिनाको गतिविधिबाट इतिहासमा नै पहिलो पटक आ. ब. २०७८/०७९ मा करिब ३८ हजार क्षयरोगका बिरामी पता लागेका छन् तर लक्ष्यमा पुग्न अझै धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ।