जनकपुर स्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जान लाग्नु भएको हो। आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रले जनकपुरमा आज मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।
जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।
सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेश प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ ।