ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त

काठमाडाैं। संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त हुनुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै काफ्ले सो पदमा नियुक्त हुनुभएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई सो पदमा नियुक्त गर्नुभएको विज्ञप्तिमा जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us