नेपालमा एकै दिन ६२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन ६२० कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ६५१ पीसीआरमा ४९६ र ३ हजार १९५ एन्टीजेन परीक्षणमा १२४ जना संक्रमित फेला परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
२४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा २५ हजार ४३६ जनाले खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us