मन्त्री हेरफेरको कुरा चलेको छः प्रचण्ड

मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभयो, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन ।’

प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग मागेको र माधवकुमार नेपालले भर्खर नयाँ पार्टी बनाएको छु भनेकाले माओवादीले सहयोग गरेको वहाँको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ सहमति पनि हुनुहुन्छ ।’

वहाँका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेताहरुसँग आफ्नो कुराकानी भइरहेको जानकारी प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलहरुलाई गराउनु भएको छ । तर लोसपालाई पनि गठबन्धन र सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नभएको वहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us