राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले राखे मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन् ।

सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले प्रेमिकालाई प्रेम प्रस्ताव गरेको भिडियो समेत सार्वजनिक गरेका छन् । एयर होस्टेज रहेकी कञ्चन र किरण लामो समयदेखि प्रेममा थिए ।

सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रियशनले जितेको थियो । त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् । यस्तै, लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *