नेकपा एकीकृत समाजवादी एक चीन नीतिमा अडिग छ: झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले आफ्नो पार्टी एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बुधवार एक विज्ञप्ती जारी गर्दै नेता खनालले आफूहरु सदैव एक चीन नीतिमा दृढ रहने बताउनुभएको छ । चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि नेता खनालले चीनको आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ ।

साथै संयुक्त राज्य अमेरिकाले एक चाईनालाई स्वीकार गरेपनि सभामुख पेलोसीको भ्रमणले भने तरंग ल्याउनसक्ने उहाँको भनाई छ । साथै नेपाल पनि सदैव एक चीन नीतिमा प्रतिबद्ध रहने उहाँको भनाई छ ।

पेलोसीको भ्रमणलाई लिएर यसअघि नै चीनले कडा शब्दमा अमेरिकालाई चेतावनी दिएको थियो । साथै रुसले पनि उक्त भ्रमणको विरोध जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *