राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा गराउने तयारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताएका छन् ।
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र काठमाडौंमा केही खेल गराउन सक्ने संकेत उनले गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोर्टस् डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना रहेको बताए ।

उनले यसपटक राष्ट्रिय खेलको पहिलो संस्करणदेखि नवौंसम्मका खेलकुदका डाटा सुरक्षित गरिने तयारीसमेत रहेको बताए । यसैगरी सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडी छनोटसमेत गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *