निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्छ: उपसभामुख भुसाल

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्‌को यही अधिवेशनमा अघि बढ्ने बताएकी छन् ।

बिहीबार नै सरकारले प्रतिनिधिसभा विघटन नगरी आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको छ ।

उपसभामुख भुसालले प्रतिनिधिसभाको आगामी बैठकमा महाभियोगबारे कार्यसूची राख्ने र संसद्‌मा छलफल गरी सुझाव लिने बताइन् । त्यसरी प्राप्त सुझावहरूलाई महाअभियोग समितिमा पठाइने उनको भनाइ छ ।

जबराविरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको छ । तर, उपसभामुख भुसालले भने समितिले आफ्नो काम सुरु गर्नुअघि नै संसद्‌मा त्यसबारे छलफल गर्न आवश्यक रहेको बताइन् । संसद्‌मा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महाअभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको उनको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us