काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई स्वागत गर्नु भएको छ ।
नेपाल स्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनावको भएको बताउनुभएको छ । उहाँले सरकारले चुनाव घोषणा गर्नुलाई सकारात्मक भन्नुभएको छ ।