बागमती प्रदेशसभा बैठक हाललाई स्थगित

काठमाडौं। बागमती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मंगलबार बसेको प्रदेशसभाको बैठकमा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनु भएको थियो । मंगलबार बसेको बैठक १८ मिनेट बसेर स्थगित भएको थियो

आजको बैठकमा शून्य समय माग गर्दै सांसद्हरुले जनचासोका बारेमा आफ्ना धारणा राखेका थिए । बैठकमा सत्तापक्ष नेकपा माओवादी केन्द्रका जगत सिम्खडा, रामकाजी महर्जन, नेपाली काँग्रेसका नरोत्तम वैद्य, राजेन्द्र गुरुङ, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्याल र शोभा शाक्यले आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *