काठमाडौं । बिहीबार सेयर बजारका सबै सूचक ओर्लिएका छन् । सेयर बजारको परिसूचक नेप्से ३८।६१ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २१४८ अंकमा कायम भएको छ । दिनभर कुल ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार भयो । बैंकिङ २०, विकास बैंक १००, फाइनान्स ५८, होटल तथा पर्यटन ९०, जलविद्युत् ५८, जीवन बीमा १६७, उत्पादन ७१, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा ४८, अन्य ३७ र ब्यापार उपसमूह १२० अंक घटे ।
कुल १९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको ५। ३ प्रतिशत बढ्यो । युनाइटेड इदी मर्दीको मूल्य साढे ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अपी पावर, युनिभर्सल पावर र गोर्खा फाइनान्स क्रमशस् अगाडि रहे । बजारको कुल पुँजीकरण ३० खर्ब ६५ अर्ब कायम भएको छ ।