काठमाडौं । शुक्रबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन नेप्से परिसूचक आज ३४.८५ अंकले घटेर २११३.३० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यसअघिका शुक्रबार कारोबारमा पनि कारोबार रकम पनि खासै माथि उक्लिएको थिएन ।
उक्त दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ६६ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
आज कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको १४ करोड १४ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ९ करोड ६२ लाख, अपि पावरको ५ करोड ६७ लाख र अरुण काबेली पावरको ५ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।