काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल जापानको टोकियो स्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे छ । विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले दाहाललाई स्वागत गर्नुभएकाे छ ।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुग्नुभएका दाहालत्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी बन्ने कार्यक्रम रहेको छ ।
दाहालले आज(शनिवार) जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम छ । जापान भ्रमण पुरा गरेर अध्यक्ष दाहाल साउन २५ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे जनाइएकाे छ ।