पुन: बाढीको जोखिममा मेलम्ची क्षेत्र

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते र आसपास ठूलो वर्षा भएको छ । पछिल्लो ३ देखि ६ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ ।

बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका वासिन्दालाई आग्रह गरेको छ । खोला निकै बढेको चनौटेका बलचित खड्काले जानकारी दिए । तालामारांका स्थानीय बाढीका कारण बाहिर बसेका स्थानीय योगबहादुर अर्यालले बताए ।

मेलम्ची नगरपालिका–२ निबु गाउँमा शुक्रवार राति पहिरो गएको छ । राति १०ः१५ बजे गएको पहिरोले भोटेचौर–काउले सडक अवरुद्ध भएको छ । केही घर जोखिममा परेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । जोखिममा परेका सुरक्षित स्थानमा गई बसेका प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us