पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रा लयले दिएको पछिल्लो जानकारी अनुसार देशभर गरिएको २ हजार ४० पीसीआर र १ हजार ७४९ जनाको एन्टीजेन परीक्षणका क्रममा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४३३ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ। पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

देशभर हाल ५ हजार ६५९ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *