अहिराज सहितका नागरिक अगुवाले दिए नागरिकता विद्येयक फिर्ता गर्न राष्ट्रपतिलाई सल्लाह

काठमाडौं । नागरिक समाजका अगुवाहरुले नागरिकता विद्येयक सन्देश सहित फिर्ता गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । पूर्वसचिव द्वारिकानाथ ढुंगेल सहितको टोलीले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक मुलुकका लागि हितकर नभएको भन्दै सन्देश सहित संसदमा फिर्ता गर्न आग्रह गरेको हो ।

भेटमा सहभागि वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले भन्नुभयो ‘यो विधेयक मुलुककको हितमा छैन अर्थ, विधेयकका रुपमा पनि आएको होईन यस्तो अवस्थामा सन्देश सहित फिर्ता पठाउनु नै उपयुक्त हुने सल्लाह दियौँ ।

यसैगरी भेटमा सहभागी पूर्वप्रदेश प्रमुख एवं सञ्चारकर्मी डा राजेश अहिराजले भन्नुभयो ‘नागरिकता विधेयक पुनर्विचार गर्नु नै पर्ने अवस्था छ, त्यही प्रकारको सुझाव दिईएको छ ।’

उहाँले तीन वटा बिषयमा ध्यानकर्षण गराएको पनि जानकारी गराउनु भयो । गलत तवरबाट नागरिकता लिनेलाई भन्दा नागरिकता दिनेलाई डबल दण्ड दिनुपर्ने, बंशजको नागरिकलाई मात्र राजनीतिक अधिकार हुनुपर्ने , नवनागरिक वा अंगिकृतलाई राजनीतिक अधिकार दिन नहुने तथा बुवा र आमाको पहिचान नभएका व्यक्तिलाई बंशजको नागरिकता दिने कार्य मुलुकका लागि ठुलो घात हुने भएकाले त्यो कुरामा पुनर्विचारको आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनु भएको छ । प्रमाणीकरणका लागि विधेयक पुगेपछि राष्ट्रपतिले परामर्श गर्नुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनु भएको छ । नागरिक समाजका प्रतिनिधिहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले आफूले यो विधेयक गम्भिरतापूर्वक अध्ययन गरिरहेको जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *