आज नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेश गर्नुहुनेछ । बैठक विहीवारसम्म जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us