मदन पुरस्कारका लागि ८ वटा पुस्तकको सूची सार्वजनिक

काठमाडौं। मदन पुरस्कार गुठीले सोमबार मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको छ। यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ।

सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नयनाथ पौडेलको लिच्छवि लिपि, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको सतीः इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली छन्। गुठीमा प्राप्त भएका २१० किताबबाट यो सूची बनाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us