प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतवार र सोमवार भने सुनको मूल्य स्थिर रहँदै प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने मंगलवार सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७८५ दशमलव ७७ डलर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us