नर्भिक अस्पतालका टहरा तत्काल नभत्काइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले नर्भिक इन्टरनेसनल अस्पतालका टहरा तत्काल नभत्काउने भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने तयारीबीच दुई पक्षबीच मौखिक सहमति भएको हो ।

इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ । महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गर्नका लागि २४ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । मंगलबार महानगरका मेयर बालेन्द्र शाह (बालेन) आफैँ उक्त अस्पताल पुग्नुभएको थियो।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ । तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखिएको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *