काठमाडौं। आज नेप्से परिसूचक ४५.४२ अंकले ओरालो लागेर २०६०.७३ विन्दुमा अडिएको छ। सोमबार १७.६७ अंकले घटेर नेप्से २१०६.१६ विन्दुमा झरेको थियो।
नेप्से घटेसँगै कारोबार रकम सोमबारको तुलनामा घटेको छ। सोमबार २ अर्ब ८५ करोड बढिको सेयर कारोबार भएको थियो। आज कूल २ अर्ब ८१ करोड बराबरको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ। आज अदर्श समूहको सूचक सर्वाधिक ४।८४ प्रतिशतले घट्दा चार समूहको ३ प्रतिशत बढीले घट्यो।
१५ करोड बढिको सेयर कारोबार गरी नागरिक लगानी कोष शीर्षस्थानमा रह्यो। लगातार शीर्षस्थानमा रहेको शिवम् सिमेन्ट १३ करोड बराबरको कारोबार गरी दोस्रो स्थानमा रहर्यो। आज हिमालयन हाइड्रो पावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो।