हैजा संक्रमित बालबालिकाको संख्या सात पुग्यो

काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार काठमाडौं उपत्यकामा हैजा संक्रमित बालबालिकाको संख्या सात पुगेको छ । हालसम्म संक्रमित ४५ मध्ये १४ वर्षमुनिका सातजना छन् । उनीहरू काठमाडौं महानगरपालिका र काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकाका बालबालिका हुन् ।

मंगलबार थप तीनजनामा हैजा संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १९ जनामा हैजा पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा नौ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई, नागार्जुनमा तीन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक÷एकजनामा हैजा संक्रमण देखिएको छ ।

यस्तै, ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ । भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक÷एकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । हालसम्म परीक्षण गरिएका धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्र पिउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *