अध्यक्ष नेपाल र आईसीटीयूका प्रतिनिधिबीच श्रमिकका समस्या समाधानबारे छलफल

काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल आईसीटीयूका प्रतिनिधि र नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालबिच छलफल भएको छ ।

बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेटघाटमा पार्टीको श्रम सम्बन्ध विभाग प्रमुख उर्वादत्त पन्तको उपस्थिति रहेको थियो ।

भेटघाटमा एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव दीपक पौडेल , एकीकृत ट्रेड युनियन महासंघ नेपाल राष्ट्रिय कमिटी सदस्य दिपेश थपलिया , स्वरोजगार यातायात मजदुर संगठन का केन्द्रीय अध्यक्ष खड्गबहादुर गिरी, एकीकृत यातायात मजदुर संगठन , नेपाल का केन्द्रीय अध्यक्ष रबि केसी , एकीकृत पर्यटन मजदुर संगठन , नेपाल का केन्द्रीय अध्यक्ष प्रशान्त ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *