काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट ट्रेड यूनियन महासंघको घोषणासभा आगामी ११ गते हुने भएको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपालको उक्त घोषणासभाको आयोजना गरिन लागेको हो ।
श्रमजीवि वर्गको समृद्धिको लागि समाजवाद भन्ने मूल नाराका साथ उक्त घोषणासभा हुने भएको हो । कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष लगायत महासंघको कार्यसमिति घोषणा गरिने महासंघका नेता रवि केसीले जानकारी दिए ।
साथै श्रमजीवि वर्गको हकहितका लागि आफ्नो संगठनको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ ।