काठमाडौं । पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार साँझ दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ४१४ जना निको भएका छन् ।
यस अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मुलुकभर ९ लाख ९१ हजार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ रहेको छ ।
मुलुकभर हालसम्म ९ लाख ७३ हजार ८१९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैगरी, हालसम्म ११ हजार ९७७ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।