काठमाडौं। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ थियो ।
बुधबार तेजाबी सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा किनबेच भएकोमा बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय २५ मा आएको छ ।