काठमाडौं। जगदीप धनखड भारतको १४औँ उपराष्ट्रपति बन्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मुले उहाँलाई उपराष्ट्रपतिको शपथ गराउनु भएको हो। शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व राष्ट्रपति रामनाथ कोविन्द पनि उपस्थित हुनुहुन्थ्यो। २०१९ देखि पश्चिम बंगालका राज्यपाल रहेका जगदीप धनखडले यस महिनाको उपराष्ट्रपतिको चुनावमा एनडीएको उम्मेदवारको चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गराउनु भएको थियो।
धनखडको राजनीतिक करियर सन् १९८९ देखि सुरु भएको थियो । त्यस वर्ष उहाँले भाजपाको समर्थनमा जनता दलको टिकटमा झुन्झुनुबाट लोकसभा चुनाव लड्नुभयो र पहिलो पटक संसदमा विजयी हुनुभयो। उहाँ केन्द्रमा मन्त्री पनि भइसक्नु भएको छ।