पार्टीको सिद्धान्त र आदर्शप्रति समर्पित भएर ‘म’ भन्दा भिन्न सोच राखेर अघि बढ्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं। नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताका समस्याहरूलाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।

बिहीबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीको सिद्धान्त र आदर्शप्रति समर्पित भएर ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी र स्वार्थी प्रवृत्ति देखिन थालेको उहाँको भनाइ थियो । पद र स्वार्थका निम्ति जे पनि गर्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताउनुभयो । त्यस्तो प्रवृत्ति एकीकृत समाजवादीभित्र समेत देखिन थालेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us