काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि जाँच गराउदा उहाँलाइ कोरोना पोजेटिभ देखिएको हो । जटिल स्वास्थ्य समस्या नदेखिएकोले उहाँ अहिले होम आइसोलेसनमै आराम गरिराख्नु भएको कुरा उहाँको सचिवलायले जानकारी गराएको छ ।