कोरोना सङ्क्रमणबाट २४ घण्टामा ५ को मृत्यु, ८१५ सङ्क्रमित

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु हुनुका साथै थप ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४७६ जना सङ्क्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *