कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । शुक्रवार मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ । दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ । शनिबार प्रदेश १ र बागमतीका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक९दुई स्थानमा भारी वर्षाको  प्रक्षेपण गरिएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *